विराटनगर,१९ फागुन ।
कोशी प्रदेशका आठ राजनीतिक दलमा आवद्ध प्रदेशसभा सदस्यहरुको भेला सम्पन्न भएको छ । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर कोशी प्रदेशका सांसदहरूको भेला भएको हो ।
आठ राजनीतिक दलहरुले पछिल्लो समय बनाएको गठबन्धनले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले भने सुवास चन्द्र नेम्वाङलाइ उम्मेदवार बनाएको छ ।
कोशी प्रदेशमा गठबन्धनमा सहभागी ८ दलमध्ये नेपाली कांग्रेसका २९ माओवादी केन्द्रका १३ नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
विराटनगरमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस काेशी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापा ,नेकपा एसका केन्द्रीय सदस्य महेश रेग्मी लगायतले संबोधन गरेका थिए ।