विराटनगर,१८ फागुन ।
प्रदेश नम्बर १ को नाम “कोसी प्रदेश” नामकरण भएको खुसीयालीमा बिहीबार आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण बासिन्दालाई बधाई ज्ञापन गर्दै बिदाई घोषणा गरेको हो ।बुधबार भएको मतदानमा कोसी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत खसेको थियो ।
नामाकरणका विषयमा धेरैले समर्थन गरेका छन् । नाम विहिन अवस्थामा रहेको प्रदेशले उचित नाम पाएको भन्दै सामाजिक सन्जाल भरिएका छन् । केही समुहले भने नामाकरणको विषयमा विरोध गरेका छन् ।