Birat Post बुधबार, फाल्गुण १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ फागुन ।

प्रदेश नं.१ ले ६ वर्ष पछि आफ्नो नाम जुराउन सफल भएको छ । नेकपा एमालेले दर्ता गराएको कोसी प्रदेश बैठकले पास गरेको छ भने प्रदेशसभाको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीले टेबुल गरेको किराँत लिम्बुवान सगरमाथा प्रदेश नाम अस्वीकृत गरेको छ ।

प्रदेशको नाम कोसी राख्न गरिएको प्रस्तावमाथि अहिले सभामा सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । छलफलपछि आजै मतदान हुनेछ र नाम पूर्णत पास हुनेछ । यता प्रदेश १ को नामकरणको प्रक्रिया प्रदेशसभामा चलिरहँदा प्रदेशसभा भवन अगाडि पहिचानका आधारमा हुनुपर्ने भन्दै प्रदर्शन भइरहेको छ ।

प्रदेशको नाम कोसी हुने निश्चित भएपछि लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेशसभा अगाडि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरिरहेको छ । यस संगै त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रदेशसभा आसपासमा भने निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल