Birat Post बुधबार, फाल्गुण १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

  स्वस्तिका पोखरेल

विराटनगर,१७ फागुन ।
बहिरा तथा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको कोशी बहिरा संघलाई स्थानिय तहका जनप्रतिनिधिहरुले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघले बहिरा तथा अपाङ्गताको क्षेत्रमा सयौ काम गर्दै आएको छ । संघले गरेका कार्यक्रम अत्यन्तै प्रभावकारी भएको र रिजल्ट दिन सफल भएको भन्दै स्थानिय तहका प्रमुखहरुले यसखाले प्रतिबद्धता जनाएका हुन् ।

विराटनगर महानगर उपमेयर शिल्पा निरौला कार्कीले बहिरा संघले गरेका कामबाट आफुहरु पनि प्रभावित भएको र संस्थालाई सहयोग निरन्तर रहीरहने प्रतिबद्धता जनाइन् । महानगरले अपाङ्गताका क्षेत्रमा सक्दो सहयोग गरिरहेको र यसमा कुनै पनि कन्जुस्याई नगरिने उनको धारणा थियो । अपाङ्ग मैत्री व्यवस्थापनमा महानगर लागिरहेको उनले बताइन् । अपाङ्गता भएकाहरुले सवलङ्ग सरह बाच्ने,खेल्ने र शिक्षा आर्जन गर्ने कुरामा कुनैपनि कमी हुन नदिने बताइन् ।

यस्तै रंगेली नगरपालिका मेयर दिलिप कुमार अग्रवालले मस्तिष्क पक्षघात देखी विभिन्न बौद्धिक अपाङ्गता भएकाहरुको संरक्षण गर्ने दायित्व राज्यको पनि भएको र यसका लागि सवैखाले सहयोग गर्न नगरपालिका तयार रहेको बताए । अपाङ्गता भएकाहरुको हेरचाह र संरक्षण गर्ने कार्य पनि कठिन भएको हुदा यसका लागि अतिरिक्त खट्ने व्यक्तिलाई समेत प्रोत्साहन र सहयोगको आवश्यकता रहेको औल्याए । उनले रंगेली नगरपालिकामा अपाङ्गता भएका व्यक्ति र गाह्रो साह्रो परेकाहरुलाई सहयोग गरिरहेको बताए । उनले अपाङ्गताको क्षेत्रमा काम गरिरहने संस्थाको प्रोत्साहन र कार्यक्रममा बजेटको व्यवस्था गर्ने बताए ।

यस्तै सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले अपाङ्गता भएका परिवारले मात्रै बोध गर्न सक्ने यसखाले समस्यालाई राज्यले उचित सहयोग गर्न नसकेको बताए । अपाङ्गता भएका व्यक्ति र तीनको परिवारमा जनचेतनामुलक कार्यक्रम र सहयोग संगै लानुपर्ने औल्याए । यसका लागि सुन्दरहरैचा नगरपालिकाले काम गर्ने सहयोगी संस्थाहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कोशी बहिरा संघका महासचिव रन्जन निरौला,कोषाध्यक्ष जीवन दाहाल,श्रवण दृष्टिविहिन अभिभावक समाजका अध्यक्ष नर्मता नेपाल ,दोभाषे सन्तोषी तिवारी,पत्रकार कौशल निरौला,अविजाल विष्ट लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल