Birat Post मंगलबार, फाल्गुण १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१६ फागुन । व्यावसायिक घराना मुरारका ग्रुपले भारतको सोमानी सेरामिक्स लिमिटेडसँगको साझेदारीमा २ अर्ब रुपैयाँ लगानी गरी सेरामिक्स टायल उद्योग सञ्चालन गर्ने घोषणा गरेको छ। टायल उद्योग भैरहवामा स्थापना हुनेछ।

सोमानी सेरामिक्स टायल उत्पादनमा भारतको अग्रणी कम्पनीमध्ये एक हो। यसको वार्षिक कारोबार २१ अर्ब भारु बराबर रहेको छ।

सोमानीले भारतको गुजरातमा सात तथा हरियाणा र आन्ध्र प्रदेशमा एक–एक टायल उद्योग खोल्न लागेको छ भने नेपालमा मुरारका ग्रुपसँग साझेदारी गरी टायल उद्योग सञ्चालन गर्न लागेको हो।संयुक्त लगानीमा स्थापना हुने सेरामिक्स टायल उद्योगले नेपालमा वार्षिक करिब ३० लाख टन वर्गमिटर टायल उत्पादन गर्ने छ।

सोमानीसँगको यो सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टायलको आवश्यकता परिपूर्ति गर्ने विश्वास छ,’ मुरारका ग्रुपका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले भने, ‘नेपाली बजारमै रोजगारी सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्ने आसा छ।’

 

सम्बन्धित

ताजा अपडेट
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल