Birat Post आइतबार, फाल्गुण ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ फाल्गुन ।
नृत्य गर्दै विराटनगरमा सरसफाइ गरिएको छ । सायद यो अनौठो र पहिलो पनि हुनुपर्दछ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार यस्तो कार्यक्रम आयोजना गरिएको हो । नाचगानसहित सरसफाई गर्दा स्थानीयको ध्यानकर्षण हुने र उनीहरुसमेत आफ्नो घर, पसल र कार्यालय अगाडि सफा गर्न जागरुक हुने अपेक्षा गरिएको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन भन्दै महानगरपालिकाले काम गरिरहेको छ । महानगरवासीलाई सरसफाईप्रति जागरुक बनाउन महानगरले नाचगानसहित सरसफाई गरेको हो । कार्यक्रममा आदर्श माविका विद्यार्थी तथा शिक्षक, सफाई अभियानकर्मी मुकुन्द बस्नेत, महानगरका कर्मचारी, सरसफाई साझेदार संस्थाका प्रतिनिधिलगायतले सडक सफा गर्दै स्थानीयको ध्यानाकर्षण गराउन विभिन्न गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

आदर्श उच्च माविका विद्यार्थी, सरसफाई अभियानकर्मीको सहभागितामा पानीटंकीदेखि ट्राफिक चोकसम्म सफाई गरिएको महानगरको सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । नाचगानसहित सरसफाई गर्दा स्थानीयको ध्यानकर्षण हुने र उनीहरुसमेत आफ्नो घर, पसल र कार्यालय अगाडि सफा गर्न जागरुक हुने दाहालले बताए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल