Birat Post शनिबार, फाल्गुण ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,६ फाल्गुन ।
नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ को एकलतर्फ फाइलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभूवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । अब उपाधिका लागि प्रिन्सले आर्मीका प्रफुल महर्जनसँग प्रतिस्पर्धा गर्ने छन् । प्रफुलले पुलिसका विष्णु कटुवाललाई २१–१८, २१–७ ले पराजित गरेका थिए । हालै इटहरीमा भएको प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्दै प्रिन्सले उपाधि उचालेका थिए ।

यस्तै महिला शीर्ष १२ वरियताभित्रको एकलतर्फ प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपिएफकी जेशिका गुरुङले पुन: एक पटक राष्ट्रिय च्याम्पियन रसिला महर्जनलाई पराजित गर्दै फाइनल प्रवेश गरेकी छिन् । जेशिकाले आर्मीकी रसिलालाई १४–२१, २१–१६, २१–१२ ले पराजित गर्दै फाइनलमा आर्मीकी अनुमाया राईसँगको भेट पक्का गरेकी हुन् । अनुले फाइनल प्रवेश गर्ने क्रममा आर्मीकै प्राथना देउवालाई २१–१२, २१–११ ले पराजित गरेकी हुन् ।

पुरुषको शीर्ष १६ वरियतादेखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेप र एपिएफका सुजन थापा उपाधि नजिक पुगेका छन् । पविनले आर्मीकै हिमाल चन्दलाई २१–१९, १३–२१, २१–१९ ले तथा थापाले एपिएफकै प्रनिश सिंह ठकुरीलाई २१–१८, १७–२१, २१–६ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । महिला शीर्ष १२ देखि बाहेकको एकलतर्फको खेलमा आर्मीकी बिष्णा विष्टले पाँचथरकी रिना तामाङलाई २१–१५, २१–१३ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी छिन् । अब उपाधिका लागि बिष्णाले झापाकी अञ्जना राईसँग प्रतिस्पर्धा गर्ने छिन् । राईले आर्मीकी टिशा रानी शाक्यलाई २१–६, २१–१३ ले पराजित गर्दै उपाधि निकट पुगेकी हुन् ।

पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउद र आर्मीका अनिल मल्लबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । रोशनले आर्मीका कविर केसीलाई २१–१३, १९–२१, २१–१५ ले तथा मल्लले दाङका सनौला रैनीलाई २१–१५, २१–१५ ले पराजित गर्दै फाइनल यात्र तय गरेका हुन् । महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले कास्कीकी निभा राईलाई २१–१४, २१–१३ ले पराजित गर्दै उपाधिका लागि आर्मीकी टिशा रानी शाक्यसँगको भेट पक्का गरेकी छिन् । शाक्यले ताप्लेजुङकी नुमा लिम्बूलाई २१–१९, २१–११ ले पराजित गर्दै फाइनल प्रवेश गरेकी हुन् ।

पुरुष युगलतर्फको खेलमा एपिएफका विजित थापा मगर र पुलिसका जीवन आचार्यको जोडी फाइनल प्रवेश गरे । मगर र आचार्यको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १५–२१, २१–१९, २१–१३ ले पराजित गर्दै उपाधिका लागि पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालसँगको भेट पक्का गरेका हुन् । कटुवाल र दाहालको जोडीले कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।

महिला युगलतर्फ एपिएफकी शोभा गौचन र पुलिसकी नीता लम्सालको जोडी फाइनल प्रवेश गरेको छ । आर्मीकी रशिला महर्जन र अमिता गिरीको जोडी तथा आर्मीकी बिष्णा विष्ट र कैलालीकी निलिमा महराको टिम खेल खेल्न असमर्थ भए पश्चात शोभा र नीताले स्वत: फाइनल यात्रा तय गरेका थिए । अमिता गिरी र निलिमा महरा खेलका दौरान खुट्टामा चोट बोक्न पुगेका कारण खेल खेल्न असमर्थ भएका थिए ।
महिला एकलतर्फकै अर्को खेलमा आर्मीका प्राथना देउवा र अनुमाया राईको जोडी फाइनल प्रवेश गरे । देउवा र राईको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधि निकट पुगेका हुन् ।

पुरुष ४५ वर्षमाथिको प्रतिस्पर्धामा काठमाडौंका संजय कपाली र श्याम लामाको जोडीले सुनसरीका भजनलाल चौधरी र इटहरीका सन्त तामाङलाई २१–१५, २१–१५ तथा कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेले बेलबारीका दीपक आङ्दम्बे र मोरङका विकास श्रेष्ठको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । पुरुष ५५ वर्षमाथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्दम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै फाइनल प्रवेश गरेका छन् । राम र संजयको जोडीले बिबिसीका केशव कार्की र आरके सिंहको जोडीलाई २१–१९, २१–११ ले पराजित गरेका हुन् ।

अर्को खेलमा कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीले सुनसरीका गणेश राई र भोजपुरका दानबहादुर तामाङको जोडीलाई २१–१५, १०–२१, २३–२१ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । प्रतियोगिताको फाइनल खेल बिहान ९ बजे बाट सुरु हुने कार्यक्रम रहेकोछ । पहलो खेल महिला यु–१७ को हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल