Birat Post शनिबार, फाल्गुण ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ कमिटीको आयोजनामा शनिबारदेखि मोरङको लेटाङमा तीनदिने आवासीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । पार्टीको आधारभूत तहसम्म प्रशिक्षण प्रदान गर्न प्रशिक्षकहरू तयार गर्ने उद्देश्यका साथ उक्त तालिम सुरु गरिएको प्रदेश नंं. १ कमिटी अध्यक्ष बलदेव चौधरीले जानकारी दिनुभएको छ ।

प्रशिक्षक प्रशिक्षणमा प्रदेश नं. १ का १४ जिल्लाका ६० जना प्रशिक्षार्थी सहभागी छन् । पार्टीका शीर्षस्थ नेतासहितले तालिम दिने गरी प्रशिक्षक प्रशिक्षणको व्यवस्था मिलाइएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । प्रशिक्षणको आयोजना नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश नं. १ पार्टी स्कूल कमिटीले गरेको हो । पहिलो दिनको तालिम उद्घाटन कार्यक्रमस“गै पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका बारे प्रकाश पार्नुभएको छ ।

त्यस्तै, पार्टीका सम्मानित नेता झलनाथ खनालले ‘पार्टीको मार्गदर्शक सिद्धान्त र अबको बाटो’ र महासचिव डा. बेदुराम भुषालले ‘संगठनात्मक सिद्धान्त तथा पार्टी अभियान’बारे प्रशिक्षण प्रदान गर्नुभएको छ । तालिम उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, अर्की उपाध्यक्ष जयन्ती राई र प्रदेश नं. १ कमिटी अध्यक्ष बलदेव चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रमको सञ्चालन पार्टी स्कूल कमिटीका हिक्मत बस्नेत र अध्यक्षता धर्मराज निरौलाले गर्नुभएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल