Birat Post शनिबार, फाल्गुण ०६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ फाल्गुन ।   नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनको तयारी पूरा भएको छ । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा सहित महाधिबेशन हुन लागेको आयोजक समितिले जनाएको छ। नेपाल खेलकुद महासंघले शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशन र खुला दौड प्रतियोगिताको बारेमा जानकारी दिँदै आईतवार हुने खुल्ला दौड प्रतियोगितामा एमाले अध्यक्ष केपी शर्मा ओली आउने जानकारी गराएको हो ।

महाधिवेशन उद्घाटनको अवसरमा फागुन ७ गते बिहान ७. ३० बजे केपी ओली रोडरेसको प्रथम संस्करण २०७९  हुने तयारी भएको आयोजक समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी दिए ।  विराटनगरको सहिद रंगशाला विराटनगरबाट शुरु हुने रोडरेस (खुला दौड) हाटखोला पुष्पलाल चोक, बरगाछी, महेन्द्र चोकहुँदै रोडशेष पुगेर महाधिबेशन स्थल जाने तयारी भएको आयोजक समितिले जनाएको छ। खुला सडक दौड  (रोडरेस) प्रतियोगितामा प्रथम हुने महिला र पुरुषले जनही नगद एक-एक लाख प्राप्त गर्ने जनाईएको छ।

महासंघको महाधिवेशनलाई लक्षितगरि नेफोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा विराटनगरमा राष्ट्रिय पुष्पलाल स्मृति व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ। ब्याडमिन्टन प्रतियोगिता २ गतेदेखि जारी छ आईतबार सम्पन्न हुनेछ । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोह आईतबार विराट नर्सिङ होम पूर्व रेको महोत्सवस्थलको मैदानमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उद्घाटन गर्ने संयोजक बस्नेतले बताए ।

महाधिवेशन उद्घाटन समारोहमा कराँते, उसु, तेक्वान्दो, कबट्टी लगायतको खेलहरु प्रदर्शन गरिने खेलकुद महासंघ प्रदेश १ का ईन्चार्ज सन्तोष बान्तवाले जानकारी दिए । जातीय संस्कृति झल्कने भेषभुषा सहितको सन्थाल, चौधरी, धिमाल, उराव, राई (साकेला) नेवारहरुकोे लाखे लगायत सास्कृतिक झाँकीहरु प्रदर्शन गरिने उनको भनाई छ। बन्दसत्रको कार्यक्रम फागुन ७ गते बेलुकाबाट मनासलु पार्टी प्यालेसमा हुने जनाईएको छ।

महाधिबेशनमा ७७ जिल्लाका प्रतिनिधि, २८ खेलसंघ प्रतिनिधि, ७ प्रदेश र १ उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु सहित ५३० प्रतिनिधि सहभागी हुने जनाईएको छ। २९९ केन्द्रीय सदस्य महासंघमा अध्यक्षकोलागि अहिलेसम्म पर्शुराम बस्नेत बाहेक अरुले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । बन्दसत्रमा राजनैतिक तथा सांगठनिक कायिक विधान लगायत प्रतिवेदनहरु प्रस्तुत गरिने प्रवक्ता तिर्थबहादुर खड्काले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल