विराटनगर,५ फाल्गुन ।
महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले शान्ति पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेश सांसद तथा धार्मिक व्यक्तित्व भीम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्दै सांसद पराजुलीले परमपिता शिव बाबाले सबैको कल्याण गर्नुहुनेछ भन्ने शुभ भावना व्यक्त गर्नु भएको थियो । र्यालीले विराटनगरका विभिन्न भागको परिक्रमा गरेको थियो । पन्चकन्या सहित विभिन्न धार्मिक आचरण झल्काउने पहिरन सहित भगवान शिवलाई स्मरण गरिएको केन्द्र प्रमुख गीता दिदीले जानकारी दिनुभयो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले हरेक वर्ष यसखाले कार्यक्रम गर्दै आएको छ ।