Birat Post बिहिबार, फाल्गुण ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ फाल्गुन ।
शिक्षादीप कलेजमा नव्य मोडल युनाइटेड नेशनन्स् (नव्य नेपाल) को कार्यक्रम हुने भएको छ । विराटनगरमा पत्रकारहरुसंग बोल्दै नव्य नेपालका अध्यक्ष प्रयास थापा ओझाले विद्यार्थीलाई नेपालको संसदीय अभ्यास र अन्तर्राष्ट्रिय जगतमा भइरहेका राजनैतिक अवधारणका विषयमा जानकारी दिने उदेश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षा सहित नमूना संसदीय अभ्यासको आयोजना गरिएको उनले बताए । थापा ओझाका अनुसार हिसान र प्याप्सनमा आवद्ध भएका १३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । राजनीति भनेको केहो? प्रजातन्त्र केलाई भनिन्छ ? यसको अभ्यास कसरी भइरहेको छ र किन भोट हाल्ने ? भोट हाल्ने अधिकार कस्तो हो ? भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइने छ ।

प्रजातान्त्रीक देशमा अपनाएका मोडलका विषयमा पनि जानकारी दिइने उनले बताए । यस्तै नव्य नेपालका सदस्य सरोवर चौलागाइले तीन दीन सम्म चल्ने कार्यक्रममा उत्सुक युवा पुस्ताका वर्ग लाभान्वित हुने बताए । पाँच बर्षदेखी विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको नव्य नेपालले देशका विभिन्न शैक्षिक संस्थामा गएर विभिन्न कार्यक्रम गर्दै आएको छ । शिक्षदीप कलेजमा शुक्रबार १ वजेवाट कार्यक्रम सुरु हुने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल