विराटनगर,४ फाल्गुन ।
विराटनगरमा अवैध मेडिकल सर्जिकल सामाग्रीहरू बरामद भएको छ । भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा को १ ह १३२५ नं को सिटी सहित १ लाख ५० हजार बराबरको मेडिकल सर्जिकल सामाग्री प्रहरीले बरामद गरेको छ ।
सिटि चालक विराटनगर १२ का ५६ वर्षिय शिवशंकर मण्डल पक्राउ परेका छन् । नियन्त्रणमा लिएको सामान राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको प्रहरीले जनाएको छ ।
विराटनगरमा तस्करीमा सम्लग्न मेडिकल व्यवसायीहरुले यसरी सामान ल्याउने गरेको तथ्यहरु बाहिर आइरहदा अनुसन्धानमा सम्लग्न निकायहरु भने मौन रहेका छन् ।