Birat Post बुधबार, फाल्गुण ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ फाल्गुन/

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा जागरण ल्याउन गैरसरकारी संस्था (गैसस)हरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । गैरसकारी संस्था महासंघ मोरङको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य नपुगेको क्षेत्रमा पनि गैसस पुगेर कार्य गरेको भन्दै प्रशंसा गरे । उनले महानगर नपुगेको कतिपय क्षेत्रमा पनि गैसस पुगेर कार्य गरिरहेको उनको भनाइ थियो । “राज्य जहाँ पुगेको हुँदैन त्यस ठाउँमा गैससले काम गरेको छ ।

सरकारले गर्नुपर्ने धेरै कामहरु गैससले गरिरहेको छ,” मेयर कोइरालाले भने, “विराटनगरका पनि कतिपय क्षेत्रमा हामी पुग्न सक्दैनौं । ती क्षेत्रमा गैसस पुगेर काम गरेको छ ।” कोइरालाले सीमा क्षेत्रमा विशेष गरी मानव बेचविखनविरुद्धको अभियानमा गैससले राम्रो काम गरेको बताए । जसको प्रशंसा केही दिनअघि विराटनगर महानगरमा आएका नेपालका लागि अमेरिकी राजदूतले समेत आफूसितको भेटमा गरेको मेयर कोइरालाले स्मरण गरे । कोइरालाले धैरैजसो गैससहरुले एउटै प्रकृतिको तालिम सञ्चालन गर्ने गरेको बताए । गैससहरुले समन्वय गरेर बेग्लाबेग्लै किसिमको तालिम दिँदा प्रभावकारी हुने उनको सुझाव थियो ।

जिल्ला समन्वय समिति मोरङकी उपाध्यक्ष उषा झाले गैससहरुले स्थानीय सरकारसित सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिइन् । समाजको रुपान्तरणका लागि गैससको भूमिका महत्वपूर्ण रहेको बताउँदै झाले स्थानीय सरकारले गैसससित सहकार्य गरेर काम गर्दा प्रभावकारी हुने विचार राखिन् । मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, राष्ट्रिय मानवअधिकार आयोग प्रदेश–१ का प्रमुख पवनकुमार भट्ट, गैसस महासंघकी केन्द्रीय सदस्य सीता शर्मा, प्रदेश अध्यक्ष लखनलाल साहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा कोषाध्यक्ष सरिता दाहालले आर्थिक प्रतिवेदन र सहसचिव नवराज निरौलाले सांगाठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभाले कार्यबाहक अध्यक्षसमेत रहेकी विष्णु शर्मा पन्तलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । साधारणसभापछि गैससले दुई दिने तालिमसमेत सुरु गरेको आयोजक संस्थाकी सचिव सरिता खनाल अधिकारीले जानकारी दिइन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल