काठमाडौँ,२९ माघ ।
ट्राफिक नियमविरुद्ध आन्दोलित भएका यातयात मजदुर र प्रहरीबीचको झडपले बालाजु क्षेत्र तनावग्रस्त भएको छ। दुई पक्षबीच भएको झडपका क्रममा प्रहरी र केही मजदूर घाइते भएका छन्।
पछिल्लो समय ट्राफिक जरिवाना बढाएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए । सोहीक्रममा आक्रोशित भीडले प्रहरीका दुई वटा भ्यान जलाएको छ। उनीहरुले सडकमै गाडी तेर्स्याएर सडक अवरुद्ध पारेका छन्।