झापा,२९ माघ ।
झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा सडकमा छाडिएका कुकुरको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ ।
कुकुरको टोकाईबाट स्थानीय ६३ बर्षिय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहालको गत मंसिर अन्तिम सातामा सामुदायिक कुकुरले टोकेर घाइते बनाएको थियो । सामान्य घाइते बनेका दाहालले घरेलु उपचार गरि घरमै रहेका थिए ।
पछिल्लो समय दाहाल पानी देखेपछि डराउने गर्न थालेपछि मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि लगिएको स्थानीयको भनाई छ । उपचारमा लैजाँदा अस्पतालले रेबिज भएको बताएको र उपचारपछि घरमा रहेको बेला आइतबार आज दाहालको मृत्यु भएको हो ।सामुदायिक कुकुर नियन्त्रण र रेविजको खोप लगाउनका लागि स्थानीयले माग गरेका छन्