विराटनगर,२९ माघ ।
नेपाल विद्युतिय व्यवसायी महासंघका महासचिब गोपाल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल सर्वसम्मत रुपमा महासचिवमा निर्वाचित भएका हुन् ।
अग्रवाल विराटनगरका यूवा व्यवसायी हुन् । उनी यसअघि नेपाल विद्युतिय व्यवसायी महासंघको कोषाध्यक्ष भइसकेका छन् । उनी विराटनगरको विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर सामाजिक कार्य पनि गर्दै आएका छन् । उनी मोरङ व्यापार संघको सदस्य पनि रहेका छन् ।
नवनिर्वाचित महासचिब अग्रवालले बिद्युतिय व्यवसायीहरुको हकहितमा काम गरेर अगाडी बढने बताए । महासंघको अध्यक्षमा रेशम देवकोटा चयन भएका छन् ।