Birat Post आइतबार, माघ २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२९ माघ ।  उद्योगी व्यवसायीहरुले बैंकविरुद्ध संयुक्त सडक आन्दोलनको घोषणा गरेका छन् ।

सयुक्त मुल संघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरुविरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको बताएका छन् । उनले उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादतीविरुद्ध सडक आन्दोलन घोषणा गर्न लागेको बताए ।

संयोजक कटुवालले उद्योगी व्यवसायीहरुको मागको सुनुवाई सरकारले नगरेकाले व्यवसायीहरुले पुनः सडक आन्दोलनमा जान बाध्य भएको बताए ।उनले पछिल्लो कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरुका कुनैपनि माग सम्बोधन नगरेको आरोप लगाए । उनले फागुन ५ गते बृहत -यालीसहित सडक आन्दोलनमा सम्पूर्ण उद्योगी व्यापारीहरु उत्रने बताउँदै देशभरका सम्पूर्ण उद्योगी, व्यापारी व्यवसायी सम्बन्धित सबै ऋणीहरुलाई आन्दोलनमा सहभागि हुन आग्रह पनि गरे ।

उनले फागुन ५ गतेपछि पनि सरकारले व्यवसायीहरुको माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रमहरु गर्दै जाने बताए । संयोजक कटुवालले पहिलो चरणमा सम्पूर्ण उद्योगी व्यवसायीहरुले बैंकिङ कारोबार बन्द गराउने र त्यसपछि पनि राज्यले उद्योगी व्यवसायीहरुको माग सम्बोधन नगरे सबै व्यवसायको तालाचाँवी सरकारलाई बुझाउने चेतावनी दिए । उनले नेपालका उद्योग व्यापार गरेर गरिखाने अवस्था नभएको भन्दै बैंकहरुले सबैलाई सुकुम्वासी बनाउने अवस्था आएको बताए ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल