– स्वस्तिका पोखरेल
मध्यम कद,झ्याम्म पालेको दाह्री ,मिठो बोली ,मुस्कान सहित विराटनगरका सडकहरुमा हिडेरै यात्रा गर्न रुचाउने साहित्यकार तथा लेखक भैरोदान सुरानालाई अहिले त्यसरी हिडेको देखिदैन । कोरोनाकालमा घरभन्दा बाहिर हिड्न नपाउदा कुजिएको अनुभव सुनाउने उनी अहिले घरमै आराम गरिरहेका छन् । उनलाई भेट्न विरलै मानिसहरु पुग्छन । छोराहरुको सत्प्रेरणाले आफु बाचिरहेको सुनाउने उनि उर्जा सकिए पनि युटुवमा राखिएका साहित्य सिर्जना सुनेर दिनहरु कटाउछन् ।
साहित्य क्षेत्रको औधी माया उनमा छ । साहित्यकार ,लेखक बन्नलाई स्वभावैले जन्म लिनुपर्छ भन्ने उनी साहित्यमा जीवन देख्छन् । नाशवान जीवन भएपनि अमृत सम्झिएर स्विकार गर्न सक्नु पर्छ उनी भन्छन् । यस्तै महान बाणिका ज्ञाता साहित्यकार ,समाजसेवी सुराना जीवनको उत्तरार्धमा छन् ।
वि.स. १९९३ मंसिरमा विराटनगरमा जन्मिएका उनको ६ कृतिहरु प्रकाशन भएका छन् । उनका कृतिहरु सचि कमाई,हाम्रो नेपाल ,देशप्रतिको माया ,भैरो हिन्दी उपन्यास सग्रह,भैरोको कथा सग्रह ,मीत चौवीसी पढिए गुरु ज्ञान धारिए हुन् । त्यस मध्ये
भैरोको कथा संग्रह पुस्तकमा समेटिएको प्रभुको कृपाले एउटा छोरी भएको हुन्थ्यो भन्ने कथा निकै रुचाएको कथामा पर्दछ ।
उनले हिन्दु विश्वविद्यालय बनारसमा अध्ययन गरेका हुन् । त्यसवेला उनको सहपाठीहरु नेकपा एमाले नेता भरतमोहन अधिकारी ,कांग्रेसका नेता पूर्व प्रधानमन्त्री शुसिल कोइराला, नेता आमोद उपाध्याय,उद्योगी हुलासचन गोल्छा लगायत रहेका थिए ।
बुबा मैताव चन्द सुराना नामोद जुट व्यवसायी थिए । उनले पनि बुबाको काममा सहयोग गरेका थिए । उसवेलाको कुरा सम्झदा अहिले अचम्म लाग्ने उनि वताउछन् ।
सुनसरी,मोरङका हरिनगरा,कर्सिया,देवानगन्जबाट आएको पटुवा अर्थात जुट विराटनगर जुटमिल र रघुपति जुटमिलमा लाने गर्दथे । त्यसबेलाको व्यापार नै त्यही थियो । कृषि र जुटनै त्यसवेला मुख्य पेशा थियो । मानिसहरु सुखी देखिन्थे त्यसमै रमाउथे । नेपालमा बनेका र उत्पादन भएका सामान भारतमा जान्थ्यो । अहिले यो सवै कुरा भन्दा मेरा घरका मानिसले पनि पत्याउदैनन् ।
३ छोरा ३ छोरीका धनी सुराना श्रीमती र छोरा छोरीको प्रेम वुढेसकालमा चाहिने बताउछन् । उनिहरुको प्रेम बाच्ने आधार भएको छ । परिवारले उनले पालेको दाह्री काट्न आग्रह गरेपनि काट्न नमानेको रोचक प्रशंग सुनाउछन् । किन किन यो दाह्रीनै मेरो पहिचान हो । यसलाई म प्रेम गर्छु । मैले मन लागेको कुरालाई गरिहाल्नु भनेर सन्तानहरुलाई भन्ने गरेको छु ।
मिलेर बस्नु,मिलेर खानु ,दुखिलाई हेर्नु भन्ने गरेको छु । सकेको सहयोग मैले मेरो जीवनकालमा पनि गरे । उनका तीनभाई छोराहरु पनि कुनै न कुनैरुपमा सामाजिक क्षेत्रमै क्रियाशिल रहेका छन् । पवन सुराना ,अशोक सुराना,अरूण सुराना । लेखनप्रतिको निष्ठाले उनलाई लेखाइरह्यो । अहिले पनि उनि लेख्न खोज्छन् तर समयले असहजता उत्पन्न भएकोमा आफुलाई स्विकार्छन् । उनले उमेर र मन हुदै आटेका काम गर्न सुझाउछन् । धर्म र अध्यात्ममा गहिरो आस्था राख्ने उनी सत्कर्ममा जोड दिन्छन् ।