विराटनगर, २८ माघ ।
नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डि.एस.पी.कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् ।
उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन रायमाझी, सचिबमा पूर्व प्रहरी निरीक्षक राधेश्याम घिमिरे र कोषाध्यक्षमा पुर्वप्रहरी सम्पन्नलाल चौधरी रहेका छन् । सदस्यहरुमा यादव खड्का, पेशल भट्टराई, प्रकाश गुप्ता, टिका ठकुरी, छवि अधिकारी, सुर्य नारयण मण्डल, राजेन्द्र यादव, सुर्य बहादुर नेपाली, संगीता बोगटी र पदम श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा पूर्व डिआइजी भक्तिनाथ माझी , मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल लगायत रहेका थिए । नेपाल पूर्व प्रहरी संगठन परिवारलाई तत्कालिन मेयर भीम पराजुलीको पालामा विराटनगर महानगरपालिकाले वडा नं.४ मा रहेको जग्गा प्रदान गरेको थियो । सोही जग्गामा भवन समेत बन्दै गरेको छ । भवन बने संगै व्यवस्थित कार्यालय रहनेमा पूर्व प्रहरी परिवार विस्वस्त रहेको छ ।