विराटनगर,२८ माघ ।
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेदवार राजनीतिक व्यक्ति हुनु पर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न सक्दैन्न,यसकारण राजनीतिक व्यक्ति खोजिनु पर्छ ’ । उनले राष्ट्रपति एउटा महत्वपूर्ण पद भएकाले एउटा राम्रो मान्छेलाई पुर्याउनु पर्ने विचार व्यक्त्त गरे । । नेता खनालले राष्ट्रपति पदमा पार्टीले उम्मेदवार दिने सम्वन्धमा नसोचेको बताए । उनले वर्तमान सरकारमा सहभागी नहुने प्रष्ट पारे ।