झापा, २८ माघ ।
झापाको बिर्तामोड नगरपालिका- ७ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ बर्षीय खेम श्रेष्ठ रहेका छन ।
राती साढे ११ बजे पिसाव फेर्नको लागी खाली खुट्टा घर बाहिर निस्केका श्रेष्ठलाई आफैले जंगली हात्तीको आक्रमणबाट जोगिनको लागि घर वरिपरी बिधुतिय करेन्ट प्रवाह गरेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेको थियो ।
करेन्ट लागि घाईते भएका श्रेष्ठको बर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्याल अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।