Birat Post शनिबार, माघ २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ माघ

पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बिपी)को जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ प्रदर्शन गरिएको छ । शनिबार सुशील कोइरालाको सातौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले इतिहासिक वृत्तचित्र ‘राजद्रोही राजनेता’को विशेष प्रदर्शनी गरेको हो ।

नेपाली कांग्रेसको संस्थापकसमेत रहेका बिपी आफूमाथिका आठवटा राजद्रोह सम्बन्धी मुद्दाको समेत पर्वाह नगरी विसं २०३३ पुस १६ गते किन स्वदेश फर्किए र कसरी जनमत सङ्ग्रहको घोषणा भयो भन्ने विषयलाई वृत्तचित्रद्धारा देखाइएको छ ।

नेपाल प्रवेश गर्नेबित्तिकै राजद्रोहको मुद्दाका कारण मृत्युदण्ड हुनसक्ने र भारत प्रवासमा बसिरहँदा राष्ट्रियता सङ्कटमा पर्ने त्रासका बीच बिपीले गरेको ऐतिहासिक राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको विषयलाई वृत्तचित्रमा देखाइएको फाउण्डेशनका सदस्यसचिव अतुल कोइरालाले बताए। उक्त वृत्तचित्र ६ वर्ष लगाएर बनाइएको हो ।

ज्यान हत्केलामा राखेर मेलमिलापको नीति लिएर स्वदेश फर्किएकाले नै बिपी राजनेता बन्न सफल भएको विषयलाई वृत्तचित्रमा देखाइएको छ। आज गौरवका साथ नाम लिइने देशको स्वाधीनता कसरी जोगियो भन्ने विषयलाई वृत्तचित्रले देखाएको छ ।

यस वर्ष संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री कोइरालाको सातौँ स्मृति दिवस पारेर वृत्तचित्र प्रदर्शन गरिएको टिपी भुसालले बताएका छन् । उनी कोइराला मेमोरियल फाउन्डेसनमा आवद्ध छन् । उनले भने( नेपालको राजनीति अस्थिर भइरहेको छ । एउटा राजनेताले राष्ट्रिय संकटको बेला कस्तो भूमिका खेल्छन् भन्ने कुरा स्पष्ट देखाइएको छ ।

संविधान जारी भएकै वर्ष माघ २५ गते राति कोइरालाको निधन भएको थियो । सादगी नेताको परिचय बनाएका पूर्वप्रधानमन्त्री सुशील कोइराला ७० वर्षअघि बिपी कोइरालाले अघि सारेको संविधानसभाबाट संविधान जारी गर्ने मुद्दालाई कार्यान्वयन गर्न सफल भएका थिए। कोइरालाको प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले गरेका खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट सार्वजनिक गर्न सुरु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल