विराटनगर, २७ माघ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना अन्तरर्गत म सक्छु अभियान २०७९ अन्तरगत विहिबार झापा र मोरङका सिमावर्ती क्षेत्रमा रहेका ८० जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ ।
लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार बिराटनगर १६ मा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ५० जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेका थिए ।
यस्तै झापाको भद्रपुर, मेचिनगर ६ मेचि पुल स्थित रहेको होल्डिङ सेन्टर र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा समेत गरी ३० जना लागुऔषध सेवन कर्ताहरुलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरीएको छ ।