Birat Post शनिबार, माघ १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ माघ

विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्ल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ ।

ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले बताए ।

विशेष गरी महिलाहरु संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पुर्‍याउने र उनीहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उदेश्यका साथ स्टलका लागि समन्वय गरिएको निरौलाले जानकारी दिए । ‘यो एक्स्पोमा हामी पनि साझेदारका रुपमा रहेका छौं, त्यहि भएर अनेकौं प्रकारका लघु तथा घरेलु, कृषि उद्यमहरुको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौं’ उनले भने, ‘हरेक उद्यमीलाई ठुला उद्योगीहरु सरह आफ्ना उत्पादनको प्रदर्शनी र विक्री वितरण गर्ने अवसर मिलेको छ, यो हाम्रो लागि निकै ठुलो उपलब्धि ठानेका छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले एक्स्पोको सहयोगी संस्थाका रुपमा रहेर आफ्नो क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको छ । महासंघकै कारण जुटबाट बनेका र अरु धेरै हस्तकलाका सामग्रीहरुलाई ठुला व्यवसायीले जस्तै प्रदर्शन गरेर उपभोक्तासमक्ष पुर्‍याउन लागेको महासंघकी महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताइन् ।

आफ्नै लघु उद्योगबाट उत्पादित भएको क्लिनिङ साबुन, फिनेल लगायतका सामग्री एक्स्पोमा राख्न पाएको उद्यमी रेखा चौधरीले सुनाइन् । त्यसैगरी अगरबत्ती, मसला लगायतका वस्तुहरुको उत्पादन गर्दै क्रमश: उत्पादन वृद्धि गर्दै लगेपनि बजार निर्माणमा शीप र ज्ञान नभएका कारण पछि परेको अनुभव भइरहेको बेलामा एक्स्पोमा स्टल पाएर आफ्नो उत्पादन प्रदर्शन र विक्री वितरण गर्ने अवसर हुन लागेकोमा महिला उद्यमी सोमी चौलागाँई पनि हर्षित बनिन् ।
सीएनआई कोसी एक्स्पो २०७९ मा चार सय बढि स्टलहरु रहने एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले बताइन् । उनले महिलाहरुलाई स्टल राख्नका लागि विशेष रुपमा प्रोत्साहन गरिएको पनि जानकारी दिइन् ।

एक्स्पो माघ २८ गतेसम्म चल्ने जनाइएको छ । विराटनगर–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पोमा स्टल बुक गरेका उद्यमी र उद्योगी व्यवसायीहरुका लागि आइतबारसम्म सुविधा सम्पन्न डोमहरु हस्तान्तरण गरिने जनाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल