विराटनगर,१२ माघ । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गते बस्ने भएको छ । यसका लागि प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेशसभाको पहिलो अधिवेशनको छैटौं बैठक माघ २३ गतेको लागि बोलाएका छन् ।
पुस ३० गते उपसभामुखको निर्वाचन सम्पन्न भएपछि स्थगित भएको बैठक बस्न सकेको छैन । प्रदेशसभामाको लागि बिजनेस अभाव भएको कारण बैठक बस्न नसकेको बताइन्छ ।