Birat Post बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ माघ । विराटनगरका प्रविण जोशी उत्कृष्ट भन्सार एजेन्टबाट सम्मानित भएका छन् ।
७१औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विहिबार विराटनगरमा आयोजित कार्यक्रममा उनि सम्मानित भएका हुन् । प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले जोशीलाई उक्त सम्मान गरेका थिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नं. १ विराटनगरका उपाध्यक्ष देवेन्द्र गुप्ता, विराट व्यापार संघ विराटनगरका अध्यक्ष हरिबहादुर खत्री, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्मा, स्वतन्त्र भन्सार प्रतिनिधि संगठनका अध्यक्ष नवल उपाध्याय लगायतले जोशीलाई बधाई ज्ञापन गरेका थिए ।

जोशी भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सदस्य छन् । २०५७ सालदेखि विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्टको रुपमा कार्यरत जोशी ४ पटक विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष भएर काम गरिसकेका छन् ।

यस्तै कार्यक्रममा भन्सारका कर्मचारीहरु ,अधिकृत प्रेम सुवेदी, कम्प्यूटर अधिकृत अरुण पौडेल, नायब सुब्बा सुदर्शन ढुंगाना र लेकध्वज मादेङवा कर्मचारी चण्डिराज खत्री, उत्तम अधिकारी, यमबहादुर कार्की र भीमप्रसाद घिमिरेलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल