Birat Post बुधबार, माघ ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ माघ । माघ १९ गतेदेखि विराटनगरमा हुन लागेको ‘सीएनआई कोसी एक्स्पो २०७९’ मा विराटनगर बाहिरका उद्योग र ठूला ब्राण्डहरु पनि सहभागी बन्ने भएका छन् । आफ्नो उत्पादनको प्रवद्र्धनका लागि उनिहरु सहभागी हुने अयोजकले जनाएको छ ।

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विराटनगरका वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औधोगिक क्षेत्रका उद्योगहरुले एक्स्पोमा सहभागीताको सुनिश्चितता गरेको जानकारी दिए । विराटनगरमा यसअघि लाग्दै आएका एक्स्पोहरुमा अहिलेसम्म सहभागीता नजनाएको चौधरी ग्रुप, यामाहा, सूर्य पेन्टस्, रुस्लान, न्यूट्री प्लस फुड लगायतका औधोगिक उत्पादनले सहभागीता जनाउने भएका हुन् । उल्लेखित सवै औधोगिक ब्राण्ड र उत्पादनहरु विराटनगर बाहिरका हुन् ।
एक्स्पोमा प्रदेश १ का प्राय सवै उद्योगहरुले सहभागीता जनाएको अध्यक्ष घिमिरेले बताए । लोकप्रिय कृषि उत्पादनभित्र किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र विक्री वितरण हुने जनाइएको छ ।
एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकेटिङको व्यवस्था मिलाइएको पनि जनाइएको छ । गेटमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेटिङ प्रभावकारी हुने एक्स्पो सचिवालयले जनाएको छ ।
विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीब्र पारिएको छ । स्टल बुकिङ अधिकांश भइसकेको जनाइएको छ । सीएनआईले एक्स्पोलाई ऐतिहाँसिक बनाउने घोषणा यसअघि नै गरिसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल