Birat Post सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,९ माघ । मोरङ कारागारका चौकिदार अभिषेक गिरीले कारागार व्यवस्थापन विभागले गरेको सरुवा गैर कानुनी रहेको भन्दै बदर गर्न हालेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ ।

मुद्दाको पेशी आज उच्च अदालत विराटनगरका न्यायाधीश राजन प्रसाद भट्टराई र किरणकुमारी गुप्‍ताको इजलासमा तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ भएपछि स्थगित भएको हो । अर्को पेशी माघ १२ गते लागि तोकिएको छ । सोही दिन दुवै पक्षलाई बोलाउन आदेश भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।

गिरीको कानुन व्यवसायी वरिष्ठ अधिवक्ता रमेश कोइरालाको न्यायाधीश भट्टराइ आफन्त परेकोले गिरीको मुद्दा हेर्न नमिल्ने आदेश भएको अदालतले जनाएको छ ।

गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ ३ गते नै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए ।
नेकपा एमालेका स्थानीय नेताको दबावमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको घटना सार्वजनिक भएको छ ।

सम्बन्धित

ताजा अपडेट
‘नवीन समझदारी’आजको आवश्यकता : राप्रपा अध्यक्ष लिङ्देन
देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना
हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल