Birat Post आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ/ विराटनगर महानगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरुका लागि मेलमिलापसम्बन्धी तालिम सम्पन्न भएको छ ।
तीन चरणमा आयोजित तालिममा विराटनगर महानगरका १९ वटै वडाबाट ६–६ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेख भएका विवादहरुको निरुपण गर्नेछन् । तालिमलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सामान्य विवाद गाउँस्तरमै मिलाउन सकिए न्यायिक समितिमा आइरहन नपर्ने बताए ।

उनले मेलमिलापकर्ताले गाउँ र टोलमा हुने सामान्य विवाद मिलाउन सके न्यायिक समितिमा देखिएको चाप कम हुने उल्लेख गरे । मेलमिलापकर्तामार्फत विवादको निरुपण गरिए न्यायिक समिति र अदालतमा जाँदा हुने सर्वसाधारणको खर्चसमेत जोगिने दाबी गरे । “घरझगडा, साँधसिमाना, जग्गालगायतका सामान्य विवाद मेलमिलाकर्ताले मिलाए न्यायिक समितिमा आउँदा लाग्ने खर्च जोगिनेछ,” मेयर कोइरालाले भने, “यसमा तपाईं मेलमिलापकर्ताहरुको भूमिका अहम रहनेछ ।”उपमेयर शिल्पा निराला कार्कीले सर्वसाधारणको न्यायमा सहज पहुँचका लागि तालिम फलदायी हुने उल्लेख गरिन् ।

स्थानीयस्तरमा हुने सामान्य विवाद समाधानका लागि मेलमिलापकर्ताहरुकोभूमिका महत्वपूर्ण हुने कार्कीको भनाइ थियो । समापन समारोहमा न्यायिक समितिका सदस्य तीर्थेन्द्र न्यौपाने, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेल, १४ का अध्यक्ष सूर्यनारायण महतो, महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखा प्रमुख शारदा थपलिया तथा सहभागीका तर्फबाट चिरञ्जीवी चापागाईं र लक्ष्मी भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला न्यायाधीश राजेश कटवाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, कानुन व्यवसायी कला त्रिताल, पुनरावेदन अदालत विराटनगरको कानुनी सहायता समितिका अधिकृत राजकिरण पौडेल र सामाजिक अभियन्ता सरिता अधिकारीले प्रशिक्षण दिएका थिए । तीन चरणमा ७ दिनसम्म सञ्चालन भएको तालिममा १९ वटा वडाका ११४ जना मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल