Birat Post आइतबार, माघ ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ माघ । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ ।

विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको बिजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो ।

पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो ।

प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्धितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४ अंक ल्याएर सुन्दरहरैचा नगरपालिकामा रहेको सिद्धार्थ स्कुलले भएको छ । तृतीय ग्रामथान २ मा रहेको जनक मेमोरियलले ५ कास्य, १ रजत पदक सहित १७ अंक ल्याएको छ ।
चौथो भएको हरैचा मोडलले स्वर्ण, तीन रजक पदक सहित १४ अंक ल्याएको छ । पाँचौ लेटाङ ग्रिन भ्याली भएको छ । ग्रिन भ्यालीले २ स्वर्ण पदकसहित १३ अंक ल्याएको छ ।

यसैगरी प्सटु तर्फको द्धितीय २८ अंक ल्याएर सिद्धार्थ स्कुल र तृतीय २० अंक ल्याएर सगरमाथा स्कुल भएको छ । चौथो विराटनगरको एभरेष्ट र ब्राइट फियुचर स्कुल भएको छ । उनीहरुले समान २०/२० अंक ल्याएको छ ।

प्याब्सन स्पोर्टस मिट अन्र्तगत आइतबार विहान सम्पन्न भएको रोड रेस प्रतियोगितामा तीन वटा स्कुल विजयी भएको छ । मोरङको रंगेलीस्थित मिनील्याण्ड, लेटाङको पब्लिक सेन्ट्रल र ग्रिनभ्याली स्कुल प्रथम भएको हो ।

३ किलोमिटर रोडरेस प्रतियोगिताको प्रथम मिनील्याण्ड स्कुलका दिपक सरदार भए । उनले ६ मिनेट ४४ सेकेण्डमा तीन किलोमिटरको दुरी पार गरेका थिए ।

यस्तै द्धितीय सुन्दरहरैचास्थित सिद्धार्थ स्कुलका प्रकृती लिम्बु र तृतीय पथरीको एभरेष्ट स्कुलका समिर राई घोषित भए ।

यस्तै दुई किलोमिटर छात्रतर्फको प्रथम लेटाङको पब्लिक सेन्ट्रलका मनोज राई, द्धितीय ब्राइट फियुचर स्कुलका निशान्त श्रेष्ठ र तृतीय पूर्वाञ्चल एकाडेमीका सुजन तामाङ घोषित भए ।

यसैगरी छात्रातर्फको प्रथम ग्रिनभ्याली स्कुलकी यानी लिम्बु, द्धितीय पूर्वाञ्चल एकाडेमीकी विमला विक र तृतीय सिद्धार्थ स्कुलका सोफिया थापा घोषित भइन् ।
यसैगरी चार सय मिटर छात्रतर्फको प्रथम बेलबारीको माउन्ट एभरेष्ट स्कुलका जमसेत अली, द्धितीय पूर्वाञ्चल एकाडेमीका स्वयल चौधरी र तृतीय जीवन विकास पब्लिक स्कुलका रोहन शर्मा भएका छन् ।
सोही विधाको छात्रातर्फको प्रथम पूर्वाञ्चल एकाडेमीका मनिषा कार्कीृ, द्धितीय जनक मेमोरियलका सन्ध्या खाँ र तृतीय बालप्रतिभा स्कुलका सोनी गुरुङ घोषित भइन् ।

भलिबलको उपाधि चार स्कुललाई
प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत भलिबल प्रतियोगिताको बिजेता चार स्कुल भएका छन् ।
आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको कोशी मोडल, सुन्दरहरैचाको ब्राइट फियूचर, बुढीगंगा गाउँपालिका १ मा रहेको मोरङ पब्लिक र रंगेली नगरपालिका १ बवियाबिर्तामा रहेको सनरे स्कुलले भलिबलको उपाधि जितेको हो ।
कक्षा ११ र १२ तर्फको छात्रतर्फको भलिबलको फाइनलमा कोशी मोडलले सिद्धार्थ स्कुललाई २४–२६, २०–२५ र ९–२५ को सोझो सेटले हराउँदै कोशी मोडलले उपाधि जितेको हो । उपबिजेता सिद्धार्थ स्कुल भयो । तृतीय पथरीको एभरेष्ट र सान्तवना उर्लाबारीको भृकुटी मोडल भएको छ ।
यसैगरी कक्षा ११ र १२ छात्रातर्फको भलिबलको उपाधि सुन्दरहरैचाको ब्राइट फियुचर स्कुलले जितेको छ । ब्राइट फियुचरले कोशी मोडललाई २५–२, २५–९ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । तृतीय पथरीको एभरेष्ट स्कुल भएको छ ।
कक्षा १० सम्म भएको छात्र भलिबल प्रतियोगितामा सनरे सेकेण्डरी बोर्डिङ स्कुलले विराटनगरको मोर्डन ऐरा स्कुललाई २५–२३ र २५–१७ को सोझो सेटले हराउँदै सनरेले उपाधि जितेको हो ।
यस्तै सोही विधाको छात्रातर्फको बिजेता मोरङ पब्लिक स्कुल भएको छ । मोरङ पब्लिकले लेटाङको ग्रिनभ्यालीलाई ११–२५, २५–२३, २५–१७, ३–२५ सेटले पराजित गरी मोरङ पब्लिक स्कुलले उपाधि जितेको हो ।
भलिबलमा छात्रातर्फ १८ र छात्रातर्फ ९ वटा स्कुलको सहभागि रहेको थियो ।

फुटबलको उपाधि सिद्धार्थ स्कुललाई
प्याब्सन स्पोर्टस मिट अन्तर्गत फुटबलको उपाधि सुन्दरहरैचा १० मा रहेको सिद्धार्थ स्कुलले जितेको छ । बेलबारीमा रहेको शिक्षा सन्देश स्कुललाई ट्राइब्रेकरमा ५– ४ गोलले हराउँदै सिद्धार्थ स्कुलले फुटबलको उपाधि जितेको हो ।
निर्धारित समयसम्म गोलरहित खेल बराबरी भएपछि ट्राइब्रेकरबाट खेलको छिनोफानो भएको थियो ।
फुटबलमा तृतीय ब्राइट फियुच स्कुल भएको छ । ब्राइट फियुचरले सुनगाभा स्कुललाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित गर्‍यो ।

तीन स्कुल टेबल टेनिसको बिजेता
प्याब्सन स्पोर्टस मिट अन्तर्गत टेबल टेनिसमा तीन स्कुल विजयी भएको छ । टिम इभेन्ट छात्रतर्फको प्रथम विराटनगरको एभरेष्ट स्कुल र द्धितीय सगरमाथा भएको छ । यस्तै सोही विधाको छात्रातर्फको प्रथम सगरमाथा र द्धितीय कोशी मोडल स्कुल भयो ।
यसैगरी टेबल टेनिस छात्र सिंगल तर्फको प्रथम एभरेष्ट स्कुलका एन्जल पन्त, द्धितीय सगरमाथा स्कुलका निकिता तामाङ भइन् । तृतीय सगरमाथाका सुरवी प्रधान र एभरेष्ट स्कुलका सोनाम खातुन भइन् ।
सोही विधाको सिंगल छात्रातर्फको प्रथम ग्यालक्सी पब्लिक स्कुलका प्रत्यूष ढकाल, द्धितीय उज्जल तामाङ भए । तृतीय सगरमाथा स्कुलका अनुभव तिम्सिना र एभरेष्ट स्कुलका प्रतिक कार्की घोषित भए ।

मनिषा कार्की सर्वोत्कृष्ट खेलाडी
प्रतियोगितामा पूर्वाञ्चल ऐकेडेमीको कक्षा ९ मा अध्ययरत मनिसा कार्कीले चार स्वर्ण पदक जित्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले प्रतियोगिताभरीमा चार स्वर्ण पदक जितेकी छिन् । उनी ट्रयाक एण्ड फिल्ड विधामा सर्वोत्कृष्ट भएकी हुन् ।
उनले १६ सय मिटर दौड, ट्रिपल जम, सिंगल ४ सय मिटर दौड, समूह चार सय मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् ।
सोही विधामा छात्रतर्फको सर्वोत्कृष्ट खेलाडी पूर्वाञ्चल ऐकेडेमीका सोयल चौधरी घोषित भए । उनले खेलअवधीभरी २ स्वर्ण, २ रजत पदक जितेका छन् ।

बिजता हुने विद्यार्थीहरूलाई कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय सल्लाहकार टिकाराम पुरी, केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, सचिब हेमन्त कुमार कार्की, प्रदेश १ अध्यक्ष टिकाराम ढकाल, सल्लाहकार सुनिल पौडेल, मोरङ अध्यक्ष सितला सुब्बा, अभिभाव संघ प्रदेश १ का अध्यक्ष देवी पन्थिलगायतले पुरस्कार वितरण गरेका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल