काठमान्डौं,७ माघ ।
सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले सशस्त्र युद्ध र सडक आन्दोलनबाट मात्र राजनीतिमा स्थापित भइन्छ भन्ने मान्यता तोडिदै गएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभामा उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरलाई समर्थन गर्दै उनले समाजसेवा र नागरिकको सेवाबाट पनि राजनीतिमा स्थातिप हुन सकिने बताए । यसखाले नजिरको विकासलाई सघाउ गर्न पनि उनले आग्रह गरे ।