विराटनगर ,५ माघ ।
नारी विकास संघ क्षेत्रीय कार्यालय विराटनगरले विभिन्न निर्णयहरु गर्दै साधारण सभा सम्पन्न गरेको छ । संघकी उपसभापती लक्ष्मी पोखरेल र शोभा सापकोटाले संघले गरेका प्रगती विवरण पेश गरेकी थिइन् । यस्तै क्यान्सर बाट पिडित नारी विकास संघकी आजीवन सदस्य दुर्गा दहाललाई उपचारको लागि ५८ हजार रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको छ । यस्तै पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेहरु प्रति समवेदना समेत व्यक्त गरिएको छ ।
संघका अध्यक्ष नारायणी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष सीता शर्मा दहाल र विशिष्ठ अतिथी राष्ट्रिय मानव अधिकार आयोगको सूचना अधिकारी गीता दहाल लगायतको सहभागिता रहेको थियो । संघकी अध्यक्ष जोशीले सामाजिक क्षेत्रमा निरन्तर नारी विकास संघले काम गर्ने बताइन् ।