काठमाडौं ,३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राख्न लगाएका छन्।
उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानको कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्वीर राख्न लगाएको हो ।