Birat Post मंगलबार, पुष २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २६ पुष

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ । न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरिएको हो ।

नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल बताउँछन् । उनी भन्छन्, ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो ।’ जर्मनबाट उपकरणहरु ल्याएर करिब २५ करोडको लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउँनेछ ।

गम्भीर प्रकारको मस्तिष्कघात भएका विरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ । जटिल अवस्थाको भास्कुलर र न्यूरो शल्यक्रियाका लागि थ्रीडी इमेजिङ्ग र थ्रीडी रोडम्यापको सुविधा पनि छ । मुटुको अप्रेशन नगरी भल्व फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रीडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ । यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ । यहाँ ५५ इन्चको स्क्रीनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन् ।

अत्याधुनिक सुविधासम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुँने चिकित्सकहरुको भनाई छ । केएमसीले पछिल्लो समय अत्याधुनिक सेवा सुविधा विस्तार गरिरहेको छ । सफल मेडिकल व्यवसायीका रुपमा ख्याती कमाएका डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले फड्को मारेको हो । डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल