विराटनगर,२५ पुष ।
नवगठित प्रदेश १ सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले प्रदेश सरकारका मन्त्रालय घटाउने र सेवा सुधार समिति गठन गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले १३वटा मन्त्रालयको संख्या घटाएर नौ वटा बनाउने निर्णय गरेको हो ।
यस्तै बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरि मितव्ययिता कायम गर्ने र सेवा प्रवाह सुधार ल्याउनका लागि प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने निर्णय गरेको मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।