विराटनगर,२५ पुष । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिए संगै आजै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका छन् । मन्त्री नियुक्त भए पनि उनिहरुले कुनै जिम्मेवारी पाएका भने छैनन् ।