Birat Post आइतबार, पुष २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ पुष /

आसन्न नेपाल प्रेस युनियन प्रदेशको अधिवेशनका लागि सक्रिय पत्रकार मीनकुमार नवोदित (श्रेष्ठ)ले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
शनिबार विराटनगरमा उपलब्ध प्रेस युनियनमा आबद्ध पत्रकारहरुको भेलामा नवोदितले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित युवा साहित्यकार पनि हुन् ।

नवोदितका तीनवटा कृतिसमेत प्रकाशित छन् । नेपाल सरकारले युवा साहित्यकारलाई दिने सबैभन्दा प्रतिष्ठित युवा वर्ष मोती पुरस्कारबाट समेत विभूषित भइसकेका नवोदित नेपाली लेखक संघ, आर्थिक पत्रकार मञ्चलगायत दर्जनौं संघसंस्थामा आबद्ध छन् । प्रदेशमा युनियनलाई चलायमान बनाउन आफ्नो उम्मेदवारी भएको उनले बताए । पत्रकार महासंघसहित अन्य पत्रकारसँग सम्बद्ध विभिन्न संगठनहरुसँग सहकार्य गरेर पत्रकारहरुको हकहित र अधिकारका लागि आफूले कार्य गर्ने नवोदितको भनाइ छ । आफू अध्यक्ष भए वर्षमा कम्तीमा दुईपटक बेग्लाबेग्लै जिल्लामा प्रदेश भेला गर्ने उनले योजना सुनाए ।

प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रेस युनियनको इतिहास झल्कने स्मारिकासमेत प्रकाशित गर्ने नवोदितले बताए । “आफूले नेतृत्व गर्न पाए युनियनलाई प्रदेशमा पूरै चलायमान बनाउँछु,” उनले भने । कारोबार दैनिकका प्रदेश–१ संयोजकसमेत रहेका पत्रकार नवोदित मकालु टेलिभिजनका सहसम्पादकका रुपमा कार्यरत छन् ।

भेलामा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष एवं युनियनका प्रदेश संयोजक लीलावल्लभ घिमिरे, प्रेस युनियनका उपमहासचिव अभयकुमार राई, युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, युनियनका नेता अनन्तराज न्यौपाने, पत्रकार महासंघका पूर्वअध्यक्ष दीपक दाहाल, युनियनका पूर्वअध्यक्ष केदार रिजाल, कुमार लुइँटेल, कार्यबाहक अध्यक्ष कौशल निरौला, पत्रकार महासंघ मोरङकी उपाध्यक्ष तारा आचार्यसहित केन्द्रीय र प्रदेश पार्षदहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल