Birat Post बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ पुष ।

विराटनगर महानगरपालिकाले पसलमै पुगेर व्यापारीका गुनासो र सुझाव संकलन गर्न सुरु गरेको छ । जनताको घरदैलोमै पुगेर गुनासो सुन्ने सुझाव संकलन गर्ने अभियानअन्तर्गत पहिलो चरणमा मेनरोडका व्यापारीहरुका गुनासो र सुझाव संकलन गरिएको छ । मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसहितको महानगरको टोलीले पसलमै पुगेर गुनासो र सुधार गर्नुपर्ने सुझाव संकलन गरेको हो ।

मेयर कोइरालाले पूर्वतर्फ र उपमेयर कार्कीले पश्चिमतर्फको पसलको अनुगमन गर्दै गुनासो सुनेका थिए । सो अवसरमा मेयर कोइराला र उपमेयर कार्कीले फुटपाथको अवस्था, फोहोर व्यवस्थापन, बिजुलीबत्ती, महानगरका कर्मचारीबाट सेवाग्राहीलाई गर्ने व्यवहारलगायतका विषयमा जिज्ञासा राखेका थिए । जनताकै बीचमा गएर महानगरले प्रवाह गर्ने सेवाका विषयमा जानकारी लिन सुरु गरिएको मेयर कोइरालाले बताए । “हामीले व्यापारीहरुबाट कर मात्रै संकलन गर्ने होइन उहाँहरुका पीरमर्का, सुधार गर्नुपर्ने पक्ष, अनि कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारका बारेमा जानकारी लिन सुरु गरेका छौं,” मेयर कोइरालाले भने, “यसलाई अभियानकै रुपमा अगाडि बढाउँछौं ।” त्यस्तै टोलीले व्यवसाय दर्ता, नवीकरण र फोहोरको सदस्य बनेनबनेको समेत अनुगमन गरेको थियो ।

व्यापारीहरुले पछिल्लो समय फोहोर व्यवस्थापन र फुटपाथमा व्यापक सुधार भएको बताएका थिए । उनीहरुले नेट र केवलको तारको व्यवस्थापन गर्न सुझाव दिएका थिए । मेयर र उपमेयर पसलमै पुगेर गुनासो सुन्दा व्यापारीहरुले स्थानीय सरकार भएको साँच्चिकै महसुस गरेको प्रतिक्रिया दिए । अहिलेको टिम महानगर बनाउन निकै गम्भीर रहेको स्थानीय व्यापारी सुरेश भगतले बताए । सरसफाई, फुटपाथ र सेवा प्रवाहमा धेरै नै सुधार आएको भगतको भनाइ छ । “सबैभन्दा फोहोर व्यवस्थापनमा सुधार आएको छ,” उनले भने, “तर अव्यवस्थित तारका कारण सहरको सौन्दर्यतालाई घटाएको छ । बिजुली, नेट र केवलको तारको व्यवस्थापन हुने हो भने विराटनगर धेरै व्यवस्थित र सफा देखिने छ ।”

अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, वडा नम्बर २ का वडाध्यक्ष कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, १० का अर्जुन गिरीसहित महानगरका विभिन्न महाशाखा र शाखा प्रमुख, कर्मचारी तथा महानगर प्रहरीको सहभागिता रहेको थियो । अभियानको पहिलो दिन बिहीबार टोलीले महानगरको गेटदेखि सातघुम्तीसम्म अनुगमन गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल