Birat Post बिहिबार, पुष २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२१ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले सडक मानवहरुको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहनुपर्ने बताएका छन् । वेसहारा मानिसहरु लागि हामी छौ भनेर काम गर्न कुनै कन्जुसाइ गर्न नहुने उनको भनाई थियो । मारवाडी युवा मञ्च मोरङद्धारा मानव सेवा आश्रम विराटनगरमा रहेका मानिसहरुका लागि विहिवार आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै पराजुलीले दानबीरहरुको सहयोग र मानवता भएका मनहरुलाई प्रोत्साहित गर्न आबश्यक भएको बताए । वेसहारा जीवन विताइरहेका हरुको गास,बास र स्वास्थ्यका विषयमा काम गर्न आबश्यक रहेको औल्याए । उनले आफु विराटनगर महानगरको मेयर रहदा पनि सडक मानव रहित बनाउने काम गरेको बताए । विराटनगर ४ मा मानवसेवा आश्रमको भवन बनिरहेको र त्यसका लागि पनि थप सहयोग गर्ने बताए ।

जेनेरल अस्पताल तथा ट्रमा सेन्टर विराटनगरका स्वास्थ्यकर्मीहरुको सहयोगमा युवा मञ्चले सेवा प्रवाह गरेको छ । युवा मञ्चका अध्यक्ष जय शर्माको संयोजकत्वमा भएको कार्यक्रममा मञ्चका महासचिव मोहित अग्रवाल ,उद्योगी तथा समाजसेवीहरु नन्दु राठी,शिवरतन जोशी,सुरेन्द्र गोल्छा ,भीखम चन्द्र सरल ,गोविन्द झुनझुनवाला,
जयकमल अग्रवाल ,राजेश लखौटिया, डा.विरेन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल