Birat Post आइतबार, पुष १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ पुष

प्रदेश १ को प्रदेश सभा बैठकले दुई वटा अध्यादेश प्रस्तुत र एउटा नियमावली पारित गरेको छ । आइतबार बसेको दोस्रो कार्यकालको पहिलो बैठकले प्रदेश सरकारले जारी गरेको दुई वटा अध्यादेश प्रस्तुत र प्रदेश सभा नियमावली २०७४(संशोधन सहित) पारित गरेको हो ।

प्रदेश सभाको कार्यसूची अनुसार प्रदेश सभा सदस्य भीम पराजुलीले प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत)लाई पनि प्रदेश सभाले अंगीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमा एमाले सांसद लिलाबल्लभ अधिकारीले समर्थन गरेसँगै सर्वसम्मत पारित भएको हो ।

यस्तै बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले पेस गरेको प्रदेश निजामती सेवा अध्यादेश २०७९ टेवुल भएको छ । कार्कीले सङ्घीय सरकारले प्रशासनिक सङ्घीयता कार्यान्वयनमा ढिलाइ गरेपछि प्रदेशले काम कारबाही गर्नका लागि छुट्टै अध्यादेश ल्याएको बताउनुभयो ।

आइतबारको बैठकले तत्कालीन वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा प्रदेश सभा सदस्य शेखरचन्द्र थापाको निधनमा शोक प्रस्ताव समेत पारित गरेको छ । अब अर्को बैठक आगामी पौष २५ गते दिनको १ बजे बस्ने छ ।

 

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल