कविता घिमिरे
विराटनगर, १७ पुस ।
इलामको कोेसेली अब, विराटनगरमै पाइने भएको छ । विराटनगर–३ स्थित पोखरीया स्कुल छेउमा इलामका सबै उत्पादनहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले श्रेष्ठ डेरि एण्ड ग्रोसरी आइतबार देखि सञ्चालनमा आएको छ ।
विराटनगरका उपभोक्ताले इलामका सबै खाले उत्पादनहरू एकै स्थानबाट प्रप्त गरुन् भन्ने उद्देश्यले आइतबार देखि श्रेष्ठ डेरी एण्ड ग्रोसरी सञ्चालनमा ल्याएको सञ्चालक टंक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ग्रोसरीमा दुध, दही, इलामको ध्यू, अकबरे खोर्सानीको अचार, लप्सीको अचार, चिया, छुर्पी, ललिपप, चिजलगायतका सबै उत्पादनहरू राखिएको छ ।