Birat Post शनिबार, पुष १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, १६ पुष ।
नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार बसेको पूर्ण बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अध्यक्षका आकांक्षी कार्यसमितिका बरिष्ठ उपाध्यक्ष हरि मैनालीले नै कार्कीलाई प्रस्ताव गरेपछि उनी सर्वसम्मत भएका हुन् । कार्की रमाइलो क्याम्पसका अध्यक्ष तथा कानेपोखरी साहित्य समाजका अध्यक्ष पनि हुन् । यसअघि उनी रमाइलो क्याम्पसको स्ववियु निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

माओवादी पार्टी तेस्रो अवस्थामा रहेको र आगामी दिनमा एमाले र काँग्रेस जस्ता राजनीतिक दलसँग प्रतिस्पर्धी बनाउने आफ्नो लक्ष्य रहेको कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन् । पालिकाको उपाध्यक्षमा भने यसअघि नै निर्वाचित मैनालीसहित नविन राई र बद्री पोखरेल रहेका छन् । सचिवमा रोशन खत्री, सहसचिवमा हिमाल थेगिम र जनक ढकाल तथा कोषाध्यक्षमा रत्नीमाया धिमाल रहेका छन् । माओवादीको विधानमा पालिकामा ५५ जनाको गाउँ पालिका कमिटी रहने व्यवस्था छ । २ वर्षसम्मको कार्यकाल रहने पालिका समितिको सम्मेलन अबको एक वर्षपछि हुनेछ । पालिकाको पूर्ण बैठकमा संविधानसभा सदस्य तथा माओवादी मोरङका सहइन्चार्ज लालबहादुर सुस्लिङ मगर (सविन), माओवादी जिल्ला संयोजक विजय विश्वासलगायतको उपस्थिति थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल