Birat Post शनिबार, पुष १६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१६ पुष ।
प्रशोधित दूधको मूल्य एकैपटक १४ रुपैयाँले बढेको छ । बढेको मूल्य शनिबारदेखि नै लागू हुने डेरी उद्योग संघले जनाएको छ । प्रतिलिटर ८६ रुपैयाँ कायम रहँदै आएको दूधको मूल्य १४ रुपैयाँले बढाएर प्रतिलिटर एक सय रुपैयाँ पुर्‍याइएको छ । डेरी एसोसिएसनले स्ट्यान्डर्ड दूध पाँच सय मिलिलिटरको ५० रुपैयाँ तोकेको छ। यसअघि पाँच सय मिलिलिटरको दूधको मूल्य ४३ रुपैयाँ रहेको थियो ।

मूल्यवृद्धि गरेको एक वर्ष नपुग्दै डेरी उद्योगीहरूले दूधको खुद्रा मूल्य फेरि बढाएका हुन् । राष्ट्रिय दुग्ध विकास ऐन तथा नीतिअनुसार दुई–दुई वर्षमा मात्रै बजारमूल्य समायोजन गर्न पाइने भए पनि डेरी उद्योग संघको संरक्षणमा केही डेरी उद्योगीले किसानको बहाना बनाउँदै मूल्य बढाएका हुन् । यसअघि ०७८ माघ २८ मा सरकारले दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्य बढाइसकेको छ ।

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले यसअघि रोकारवालासँग समन्वय गरेर मात्र दूधको मूल्य बढाउँदै आए पनि यस पटक भने निजी क्षेत्रले सम्बन्धित निकायसँग समन्वय नै नगरीकन दूधको मूल्य बढाएका हुन् । डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूध प्रशोधनमा प्रयोग हुने इन्धन, डेरी केमिकल र बैंक ब्याजलगायतका कारणले अहिलेको अवस्थामा मूल्य बढाउन बाध्य भएको बताए ।

उनले भने, ‘कृषकस्तरबाटै दाना–चोकर, दुधालु गाईबस्तुको मूल्यवृद्धिका कारणले बढाउन बाध्य भएका हौँ ।’ निजी क्षेत्रले एक वर्ष नपुग्दै दूधको मूल्य बढाएका हुन् । यसअघि गत वर्ष माघमा दूधको मूल्य पाँच सय मिलिटरको ४३ रुपैयाँ पुर्‍याएका थिए । मूल्य शनिबारबाट बढाउने भनिए पनि निजी क्षेत्रले अघिल्लो सातादेखि नै दूधको मूल्य बढेको भन्दै निजी डेरीहरूले बढी रकम लिन थालिसकेका छन् ।
-केन्द्रबिन्दु बाट

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल