विराटनगर,१५ पुष । विराटनगर – ७ महावीर रोडस्थित अनिल साहको गोदाममा छापा हानेर ठुलो परिमाणमा तस्करीको कपडा बरामद गरेको छ ।
लामो समय देखि तस्करीकै कपडा कारोबारी गरिरहेका साहको गोदाममा शुक्रवार दिउँसो विराटनगर भन्सार कार्यालय र प्रहरीले छापा हानेर ठुलो परिमाणको तस्करीको कपडा बरामद गरेको हो ।
साहले क्यारिङ्गमार्फत तस्करीको कपडा ल्याउने र त्यसलाई सुद्धिकरण गरेर पूर्वका विभिन्न सहरमा बेच्ने गरेको बताइन्छ । बरामद भएको कपडा विराटनगर भन्सार कार्यालयले लगेको छ भने साह संग खरिद गरेको बील समेत माग गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख तारानाथ सापकोटाले कपडाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।