विराटनगर ,१३ पुष । विराटनगर -३ स्थित सहीद आधारभुत बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गोविन्द प्रसाद पोखरेल चयन भएका छन् । समितिको सदस्यमा लीला काफ्ले, धीरज आचार्य , अन्न्नपूर्ण पोख्रेल,नीता भटराइ,
अर्चना प्याकुरेल चयन भएका हुन् ।
पोखरेलले यो भन्दा अगाडि बिद्यालय व्यवस्थापन समितिको सदस्य भएर काम गरिसकेकाले गुणस्तरिय शिक्षामा जोड दिने बताए । सामाजिक क्षेत्रमा समेत सक्रिय पाेखरेल विद्यालयको अध्यक्ष भए पछि थप सुधारकाे अपेक्षा राखिएको छ ।