Birat Post सोमबार, पुष ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ पुष

प्रदेश नंं. १ को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस १७ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन आइतबार अपरान्ह १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनको भनाइ छ । बैठकमा प्रदेश सभा आह्वानबाहेकका कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको मन्त्री घिमिरेले बताए ।

सम्बन्धित

ताजा अपडेट
पार्टी एकताको प्रस्ताव पछि लिङ्देन र थापा बिच भनाभनको स्थिति
बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्नूस् : अर्थमन्त्री विष्णुप्रसाद पौडेल
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल