Birat Post सोमबार, पुष ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ पुष/

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले मानव बेचविखन रोकथाम र नियन्त्रणका लागि तीनै तहको सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ ।
माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै मेयर कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी संघसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचविखन रोकिने धारणा राख्नुभयो ।

महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाहरुबीच पनि समन्वय जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचविखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताउनुभयो । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवस्थाका विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उहाँले यस अवधिमा १३६ जनालाई बेचविखन हुनबाट रोकेको जानकारी दिनुभयो ।

पोखरेलले ४७ जना बेपत्तामध्ये ११ जनामात्रै फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा १ जनाको उद्धार गरिएको र बेचबिखनमा संलग्न १ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ । १०५ वटा घरेलु हिंसाका घटना भएको पोखरेलले बताउनुभयो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, गैसस मोरङकी अध्यक्ष विष्णु शर्मालगायतले मन्तव्य राख्नु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल