Birat Post शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,८ पुष। चीन र भारतमा कोरोना संक्रमितहरु बढ्दै जाँदा नेपालमा पनि त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोरोना भाइरसको जोखिम फरक स्वरुपमा देखिनसक्छ, सावधानी अपनाउनू ।’ भनेपछि सर्वसाधारणमा त्रास बढेको हो ।

चीनमा ओमिक्रोनको सबभेरियन्ट बीएफ। ७ फैलिएसँगै नेपालमा पनि संक्रमण जोखिम बढ्ने आंकलन गरिएको छ । यो सब भेरियन्ट अन्य सब भेरियन्टभन्दा बढी संक्रामक मानिएको छ । तर नेपालमा आइपुग्दा यो कति संक्रामक हुन्छ भन्ने कुरा भने यकिन भइसकेको छैन ।

कोरोनाविरुद्धको खोपले कति काम गर्छ, खोपसँग सम्बन्धित भएर भारइरसले क्षमता वृद्धि गरेको हो कि रु खोप नलाएका व्यक्तिलाई संक्रमण गरेको हो रु भन्ने कुराले यसको संक्रमण दरलाई निर्धारण गर्छ ।

यसअघि कोरोना भाइरसका अल्फा र डेल्टाजस्ता प्रमुख भेरियन्टले मृत्युदर बढाएको थियो ।

बीएफ।७ मा रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने क्षमता पनि देखिएकोले खोप लगाएका व्यक्तिको लागि पनि खतरनाक हुनसक्ने केही विज्ञहरुको ठहर छ । ‘बीए.५ ओमिक्रोनले ५–७ जनालाई संक्रमण गराउने पाइएको थियो । तर, बीएफ।७ मा भने संक्रमण दर बढेर १८ जनासम्मलाई सार्ने देखिएको छ’, डा। अनुप सुवेदी भन्छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल