Birat Post बिहिबार, मंसिर २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छन् । उनले विद्यमान औद्योगिक क्षेत्रका समस्या समाधान गर्न पनि सरकार संग आग्रह गरेकी छन् । बिहीबारदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी हुन् ।

उनले आगामी दिनमा औद्यौगीकरणका लागि विराटनगरले देशलाई नै सन्देश दिन अग्रसर हुने विश्वास व्यक्त गरिन् । विराटनगरमा आर्थिक तथा औद्योगिक विकासको धेरै सम्भावना रहेको बताउँदै उनले रानी–किमाथांका सडकले विराटनगर भारत र चीनसँग सोझै जोड्ने छ । उनले औद्योगिक कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्नु आवश्यक रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले उद्योगलाई चाहिने कच्चा पदार्थ देशभित्रै उत्पादन गर्न किसान र उद्योगीबीच समन्वय आवश्यक रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुक विगतमा भन्दा फरक खालको आर्थिक मन्दीबाट गुज्री रहेको बताए । उनले विगतमा भूकम्प, कोरोना र नाकाबन्दीले अर्थतन्त्रमा बाहिरबाट समस्या देखिएको भए पनि यतिबेला सरकार र राष्ट्र बैंकको नीतिका कारण अर्थतन्त्रभित्रै समस्या देखिएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले देशका लागि निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग चाहिएको बताएका छन् ।

प्याकुरेलले कोभिडपछिको मन्दीले सबै उद्योग प्रभावित भएकाले समग्र अर्थतन्त्रमा नै समस्या देखिन थालेको स्पष्ट पारे । प्याकुरेलले विराटनगर–बथनाहा रेल्वे तयार भए पनि सञ्चालनमा सरकारले बेवास्था गरेको गुनासो गरे । जसका कारण सडक मार्गबाट सामान आयात गर्नु परिरहेकाले औद्योगिक कच्चा पदार्थको ढुवानीमा मात्रै ३० प्रतिशतभन्दा बढी लागत बढी लागी रहेको उनको भनाई छ । उनले यथाशीघ्र विराटनगरसम्म निर्माण भइसकेको रेलमार्ग सञ्चालनमा ल्याउन सरकारसँग माग गरे ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री राजेन्द्र राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायतले एक्स्पोको सफलताको शुभकामना दिएका थिए । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पो पुस ६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ३ सय ६१ स्टल रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकपको संयोजकमा नविन रिजाल, जिम्मेवारी पाएकै दिन खेलमैदानको निरीक्षण
पाठेघरको क्यान्सर न्यूनीकरणमा सबैले सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री पौडेल
योगी आदित्यनाथसँगै भुटानी राजाले पनि महाकुम्भमा लगाए डुबुल्की

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल