Birat Post बुधबार, मंसिर २१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ मंसिर । संविधानमा उल्लेख भएको अधिकार चाँडै प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गर्दै सातवटै प्रदेशका संसदीय पत्रकाहहरुको चार दिने भेला विराटनगरमा सम्पन्न भएको छ ।

संसदीय पत्रकार मञ्च प्रदेश १ समितिले विराटनगरमा आयोजना गरेको १८ देखि २१ मंसिर सम्मको भेला प्रदेशले अधिकार नपाएसम्म संघीयता बलियो नहुने निष्कर्ष निकाल्दै सातवटै प्रदेशका पत्रकारहरुको भेला सम्पन्न भएको हो ।

पाँच वर्षसम्म आ–आफ्ना प्रदेशमा संघीयता प्रर्बद्धन गराउन कति भूमिका खेल्न सकियो र कमकमजोरीहरु के भए र आगामी दिनमा अझै राम्रो कसरी गिर्न सकिन्छ भन्नेबारे सातवटै प्रदेशबाट सहभागी पत्रकारहरुले भेलामा समीक्षा गरेका थिए ।

उनीहरुले संघीतालाई बलियो बनाउन संविधान प्रदत्त अधिकार प्रदेशलाई चाँडै हस्तान्तरण गर्नुपर्ने मुख्य निष्कर्ष निकालेका थिए । सातवटै प्रदेशबाट सहभागी भएका नियमित सक्रिय रिर्पोटिङ गरिरहेका पत्रकाहरुको भेलाले संसदीय पत्रकारितालाई बलियो बनाउँदै संघीयतालाई दिगो रुपले प्रबद्र्धन गराउन सातबुँदे घोषणा पत्र पनि जारी गरेको छ ।

संघमा रहेको संसदीय पत्रकार समाज र सातवटै प्रदेशका संसदीय मामिलामा पाँच वर्षसम्म नियमित पत्रकारिता गरिरहेका पत्रकाहरु भेलामा सहभागी भएका थिए । उनीहरुले संघले उपेक्षा गरेकै कारण प्रदेशमा धेरे कानुनहरु बनेपनि कार्यान्वनयमा जान नसकेको र संविधानमा उल्लेख गरिएका अधिकार प्राप्तीमा ढिलाई हुँदा संघीयता जनआपेक्षा अनुसार चल्न नसकेको पत्रकारहरुको ठहर छ ।

सातवटै प्रदेशको संसदीय पत्रकार मञ्चमा आवद्ध पदाधिकारी र सल्लाहकार र सक्रिय सदस्यहरु सहभागी रहेको भेलामा पाँच वर्षमा संसदीय पत्रकारिता गर्दा प्राप्त गर्न सकेको उपलब्धी, आइपरेका समस्या र चुनौति अनि भावी कार्यायोजनाबारे गम्भीर समीक्षा भएको संसदीय पत्रकार मञ्च प्रदेश १ का अध्यक्ष गणेश लम्सालले बताए ।

पाँच वर्षे अनुभवको समीक्षा गर्दै संसदीय पत्रकारहरुले ४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट संघीय संसद र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिँदै संसदलाई अझै प्रभावकारी, जनमुखी बनाउँदै कार्यकाल सफलरुपमा पुरा गर्न बधाई दिएका छन् । यसैगरी संघीय व्यवस्थालाई बलियो बनाउन प्रदेशलाई बलियो बनाउनुको विकल्प नभएकोले नकारात्मक अभ्यासको अन्त्य गरी प्रश्नरहित, नागरिकको नजिकको सरकारका रुपमा स्थापित गर्न जोडदार माग गरेका छन् । साथै संविधान प्रदत्त अधिकार प्रदेशलाई चाँडो हस्तान्तरण गर्न संघीय सरकारसँग माग पनि गरेका छन् ।

संसदीय पत्रकाहरुको भेलाले नयाँ प्रतिनिधिहरुको आवागमनपछि थाती रहेको प्रदेश १ को नामाकरण गर्न जोडदार माग गरेको छ । साथै सातै प्रदेशको स्थायी राजधानीमा आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न प्रदेश सरकारहरुसँग माग पनि गरेको छ ।

पत्रकाहरुको भेलाले संसदीय मर्यादामा रहेर संसदीय विषयका समाचारको रिपोर्टिङलाई मर्यादित बनाउने र समाचारमा तथ्य र विश्वसनियता कायम गर्न अरू बढी संवेदनशील बन्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।

भेलाले संसदीय पत्रकारिताको संस्थागत विकासका लागि सातै प्रदेशमा रहेका संसदीय मामिला पत्रकार समाज र संसदीय पत्रकार मञ्चहरुलाई वैधानिक प्रक्रियामा रही काम गर्न आग्रह गरेका छन् । साथै एक प्रदेशमा एक पत्रकार समूह बनाई पत्रकारहरुबाट एकता र मेलमिलापको सन्देश प्रवाह गर्नुपर्नेमा पनि उनीहरुको जोड छ ।

संघ र सातै प्रदेशबाट प्रतिनिधि मुलक रुपमा सहभागी भएका अनुभवी पत्रकारहरुको भेलाले संघीय तथा प्रदेश सरकारहरुलाई स्थिर बनाउँदै नागरिकका अपेक्षा, वर्तमान आर्थिक संकुचनका चुनौतिलाई निराकरण गर्दै मुलुक विकासमा दत्तचित्त भएर लाग्न सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छन् ।

भेलामा सहभागी पत्रकाहरुले सातवटै प्रदेशमा संसदीय मामिलामा रिर्पोटिङ गरिरहेका पत्रकाहरुले निर्माण गरेको सञ्जाललाई वैधानिक बनाएर सक्रिय बनाउने निर्णय पनि गरेको छ । भेलामा संसदीय पत्रकार समाजका महासचिव बिष्णु खड्का, संसदीय पत्रकार प्रदेश सञ्जालका संयोजक बिष्णु घिमिरे, गण्डकी प्रदेश संसदीय पत्रकार मञ्चका कार्यबाहक अध्यक्ष अमृत सुवेदी, सुदुर पश्चिमका अध्यक्ष प्रकाशविक्रम शाह, मधेश प्रदेशका सल्लाहकार विरेन्द्र रमण बाग्मती प्रदेशका अध्यक्ष राममणी दहाललगायत २५ जना अनुभवी पत्रकाहरुले भेलामा पाँच वर्र्षे अनुभवसहित भावी कार्ययोजनाबारे बताएका थिए । पत्रकाहरुले प्रस्तुत गरेको अनुभवलाई संसदिय पत्रकार मञ्च प्रदेश १ का सल्लाहकार विवेक गौतमलगायतले निष्कर्षमा प्रस्तुत गरेका थिए ।

सातवटै प्रदेश र सघबाट भेलामा सहभागी हुन विराटनगर आएका पत्रकाहरुले प्रदेश १ संसद सचिवायको अवलोकन भ्रमण पनि गरेका थिए । सोही क्रममा सचिव गोपालप्रसाद पराजुलीसहित प्रवक्त्ता, सूचना अधिकारी, विषयगत समितिका सचिवहरुसँग संसदको खुलापनको अवस्थाबारे अन्तरक्रिया पनि गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
वर्तमान सरकारले समीक्षा गर्ने कामै गरेको छैन : नारायणकाजी श्रेष्ठ
विराटनगर महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन
विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल